रघुवीर महासेठले अर्थमन्त्रीलाई तर्साएरै २५ अर्ब बजेट लगे : गगन थापा

रघुवीर महासेठले अर्थमन्त्रीलाई तर्साएरै २५ अर्ब बजेट लगे : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने बताएका छन्। कांग्रेस प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

'पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रष्टता र प्रतिबद्धताको आवश्यकता छ। यसलाई पूर्णरूपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ,' उनले भने।

महामन्त्री थापाले असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे  बृहत छलफल गरिने बताए। उनले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे। 'निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशिल सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ,' उनले भने। 

महामन्त्री थापाले मुलुकलाई अघि बढाउने सबालमा प्रधानमन्त्री कमजोर देखिएको बताए। आफ्नै मन्त्रपरिषद्‍मा प्रधानमन्त्री कमजोर देखिएको र उपप्रधानमन्त्री र मन्त्रीहरूले नटेरेको उनको आरोप छ। केही मन्त्रीहरूले खल्तीमै राजीनामा पत्र बोकेको भन्दै प्रधानमन्त्रीलाई धम्की दिने गरेको उनले बताए। 

एमालेबाट उपप्रधानमन्त्री भएका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलेले अर्थमन्त्रीलाई तर्साएरै २५ अर्बको आफ्नो क्षेत्रमा हालेको उनले बताए। थापाले सरकारले काम गर्न नसक्दा कांग्रेस चुप लागेर बस्न नहुने जिकिर बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.