चोरीमा संलग्न बझाङका तीन जनालाई भारतीय प्रहरीले गोली हानी नियन्त्रणमा लियो

चोरीमा संलग्न बझाङका तीन जनालाई भारतीय प्रहरीले गोली हानी नियन्त्रणमा लियो

बझाङ : भारतीय प्रहरीले चोरीमा संलग्न बझाङका तीन जनालाई गोली हानी नियन्त्रणमा लिएको छ। बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ पडेश घर भएका सुनिल खड्का, प्रताप खड्का र अंकित जोशी प्रहरीसँगको भिडन्तमा पक्राउ परेका हुन्। 

प्रहरीको फरार सूचीमा रही जनही २५ हजार रुपैयाँ पुरस्कार तोकिएका उनीहरूलाई उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा प्रहरीसँगको दोहरो गोली हानाहानमा पक्राउ गरिएको मुजफ्फरनगरका एसपी सत्यनारायण प्रजापतीले बताए। 

उनीहरूलाई प्रहरीले स्थानीय नयाँ मण्डीका व्यापारी नीरज जैनको घरबाट लाखौं चोरी गरेको आरोपमा खोजिरहेको रहेको थियो। प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा नेपाली गिरोहका तीनै जनालाई भिडन्तमा पक्राउ परेको र उनीहरूको खुट्टामा गोली लागेको प्रहरीले बताएको छ। 

चोरीमा संलग्न अन्य दुईजना अभियुक्त फरार रहेको मुजफ्फरनगर प्रहरीले जनाएको छ। एसपी सत्यनारायण प्रजापतीका अनुसार भारतमा मजदुरी गर्न गएका उनीहरूले गएको फागुन १२ गते मुजफ्फरनगर जिल्लाको मेहता क्लब नजिकै बस्ने स्थानीय व्यापारी नीरज जैनको घरबाट चोरी गरेका थिए। चोरी घटनामा सुनिल खड्का मुख्य योजनाकार रहेको र उनलाई प्रताप खड्का र अंकित जोशीले सघाएका थिए। 

उनीहरूको साथबाट मोटरसाइकल, तीन थान पेस्तोल, दुई वटा नक्कली परिचयपत्र, तीन लाख नगद र गरगहना बरामद भएको प्रहरीले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.