वर्तमान सरकार आफैं ढल्छ : शेखर कोइराला

वर्तमान सरकार आफैं ढल्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार आफैं ढल्ने दाबी गरेका छन्। शनिबार बिराटनगरमा नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशन उद्‍घाटन गर्दै कोइरालाले नेपाली कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने बताए।

उनले राजनीतिक अस्थिरता संघीय सरकारमा मात्रै नभई सातवटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको बताए। राजनीतिलाई अपराधीकरण गर्ने कार्य भइरहेकोप्रति सचेत हुन आग्रह गर्दै उनले राजनीतिज्ञ, व्युरोक्रेट र व्यवसायीहरू मिलेर मुलुकको ऐन/कानुन र नियमलाई खिल्ली उडाउने काम भइरहेको बताए। 

राजनीतिमा अपराधीकरण बढ्दा मुलुकको अस्तित्व नै संकटमा पर्नसक्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.