संसदका कर्मचारी आन्दोलनको विषयमा छलफल गर्न बालुवाटारमा बैठक बस्दै

संसदका कर्मचारी आन्दोलनको विषयमा छलफल गर्न बालुवाटारमा बैठक बस्दै
फाइल तस्बिर।

काठमाडौं : सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुबीच बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसको उपस्थितिमा आज बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको हो।

बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी भएका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जाकारी दिए।

बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित छन्। सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.