गुल्मीमा छल्दी खोलाले बगाउँदा एक पुरुषको मृत्यु

गुल्मीमा छल्दी खोलाले बगाउँदा एक पुरुषको मृत्यु
सांकेतिक तस्बिर।

गुल्मी : गुल्मीमा छल्दी खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-१४ पराल्मीका ६८ वर्षीय खुमबहादुर सामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मृतक सामत शुक्रबार भेटघाटको लागि मुसिकोट नगरपालिका १ अरेवा ससुराली गएका थिए । त्यसदिन राती जिल्लाका विभिन्न भागमा पानी गरेको थियो । पानीले खोला बढेका मात्रै थिएनन् कतिपय ठाँउमा पहिरो खसेर सडक अवरुद्धसमेत पारेको थियो । 

शनिबार दिउँसो करिब २:३० बजेको समयमा घर फर्कने बेला छल्दी खोला तर्ने क्रममा समातको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

खोलामा शव देखेपछि माछा मार्न पुगेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सामतलाई खोलाले बगाएर करिब ५०० मिटर तल पुर्याएको थियो । प्रहरी खबर पाएलगत्तै घटनास्थलमा पुगेर मुचुल्का गरी मृतकको शव पोस्टमर्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.