प्रधानमन्त्री कमजोर छैनन्, कांग्रेसले सत्तापक्षलाई उत्तेजित पार्ने अभिव्यक्ति दिने गरेको छ : बर्तौला


काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीको सांसदको संख्याका कारण निरन्तर सरकारको नेतृत्व गर्ने अवसर पाएको प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्यता रहेको टिप्पणी गरेका छन्।

संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्रको सिट संख्या जादुवाला रहेको लाग्नुलाई अस्वभाविक मान्न नसकिने भन्दै अहिलेको अवस्था हेर्दा प्रधानमन्त्रीको अभिव्यक्तिमा केहि सत्यता नै रहेको बताएका  हुन् ।

अहिलको सरकार पूरा अवधि चल्ने र कसैले भत्काउन नसक्ने उनको भनाइ छ । यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफुहरुसँग भएको सांसदको संख्या जादुवाला रहेको भन्दै तरिका मिले पूरै अवधि सरकार सञ्चालन गर्न सकिने बताएका थिए । बर्तौलाले एमालेका लागि प्रधानमन्त्री र मन्त्री वा सत्ता ठूलो कुरा नभएको जिकिर गरे ।

बर्तौलाले कांग्रेसले भनेजस्तो प्रधानमन्त्री कमजोर नभएको भन्दै प्रधानमन्त्री प्रचण्ड कै नेतृत्वमा मुलुकलाई अघि बढाउने र सबै मन्त्रीहरुले साथ दिने जिकिर गरे।

उनले सरकारले राम्रोसँग काम गर्ने सामर्थ्य राखेका कारण कांग्रेसले सत्तापक्षलाई उत्तेजित पार्ने अभिव्यक्ति दिने गरेको टिप्पणी गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.