ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं : ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप सुनापाती गाउँपालिका-२ स्थायी वतन भई जिल्ला काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-९ हातिडाँडा बस्ने ५१ वर्षीय जित बहादुर मगर र रामेछापको खाँडादेवी गाउँपालिका-१ स्थायी घर भई जिल्ला काठमाडौंको चाबहिल बस्ने २७ वर्षीय चन्द्र बहादुर थापा मगर रहेका छन्।
रामेछाप जिल्ला अदालत मन्थलीबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्नका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको छ।