जाजरकोटको सिडियोमा उमाकान्त अधिकारी
काठमाडौं : गृह मन्त्रालयले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ। गृह मन्त्रालयले आज उपसचिव उमाकान्त अधिकारीलाई जाजरकोटको सिडियो बनाएको हो।
अधिकारी गृह मन्त्रालयमा कार्यरत थिए। अधिकारी यस अगाडि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी र लमजुङको सिडियो भएका थिए।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।