भद्रपुर नगरपालिकाको बजेट ९९ करोड

भद्रपुर नगरपालिकाको बजेट ९९ करोड

झापा : भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमका लागि ९९ करोड २ लाख १९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ। 

आइतबार भद्रपुर नगरपालिकाको १४ औं नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा नगर उपप्रमुख राधा कार्कीले चालु आर्थिक वर्षकै हाराहारीको बजेट प्रस्तुत गरेकी छिन्। चालु आर्थिक २०८०/०८१ मा वर्षमा ९८ करोड ३१ लाख ४६ हजार बजेट रहेकोमा आगामी आर्थिक वर्ष ७ लाख ७३ हजार बढाएर अनुमानित बजेट ल्याएको हो। 

आगामी अनुमानित बजेटमा आर्थिक विकासतर्फ ४ करोड ९० लाख ३३ हजार, सामाजिक विकासतर्फ ३७ करोड ७४ लाख ४६ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ५५ लाख, संस्थागत विकास/सेवा प्रवाह/सूचना प्रविधि विकास तथा कार्यालय सञ्चालनतर्फ  १४ करोड ४७ लाख र पूर्वाधार विकासतर्फ ३९ करोड ३५ लाख ५४ हजार गरी ९९ करोड २ लाख १९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट नगर उपप्रमुख कार्कीले प्रस्तुत गरेकी छिन्। 

अनुमानित बजेट खर्च व्यहोर्ने स्रोतमध्ये नगरपालिकाको आन्तरिक आय ७ करोड, राजस्व बाँडफाँडतर्फ संघबाट १३ करोड १९ लाख,  प्रदेशबाट ८५ लाख, स्थानीयबाट ३ करोड ७५ लाख गरी राजस्व बाँडफाँडबाट जम्मा १७ करोड ७९ लाख , संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट १८ करोड ९४ लाख, शसर्त अनुदान चालुबाट २९ करोड ४९ लाख ५५ हजार , सशर्त अनुदान पुँजीगतबाट ४ करोड ७६ लाख ६० हजार,  समपूरक अनुदानबाट २ करोड १० लाख, विशेष अनुदानबाट ३ करोड गरी वित्तीय हस्तान्तरणबाट प्राप्त जम्मा ५८ करोड ३० लाख १५ हजार रहेको उनले बताइन्। 

त्यस्तै नगर प्रमुख गणेश पोखरेलले शिक्षा, खेलकुद, कृषि, रोजगार प्रवर्द्धन, पर्यटन, पूर्वाधार विकासलाई लक्षित गरी आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.