केहि व्यक्तिले गर्दा सहकारी बदनाम भयो : श्रममन्त्री अर्याल

केहि व्यक्तिले गर्दा सहकारी बदनाम भयो : श्रममन्त्री अर्याल

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केहि व्यक्तिको बदमासीका कारण बदनाम बनेको सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन्। आइतबार ललितपुरमा सहकारी रोजगार मेला समापन कार्यक्रमका बोल्दै मन्त्री अर्यालले समाजमा रहेका केही मानिसहरुले गरेको अपराधका कारण समग्र सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको र यस क्षेत्र बदनाम भएको भन्दै सहकारी क्षेत्रलाई व्यवस्थीत बनाउनुपर्ने बताएका हुन् । 

उत्पादनलाई बजारीकरण गर्नका लागि नेपालमा सहकारी क्षेत्रले गरेको योगदान बिर्सन नहुने उनको भनाई छ । मन्त्री अर्यालले सहकारी अभियन्ता भनिनेहरु नै ठगि प्रकरणमा मुछिनु दुखद भएको धारणा राखे । केहि व्यक्तिहरु आफूले राखेका अवैध सम्पत्ति लुकाउनका लागि सहकारीकै बदनाम गरिरहने प्रयासमा लागेको उनको भनाइ छ । उनले मुलुकमा अर्थतन्त्र चलाउनमान बनाउनका लागि सहकारीको भूमिकाका बारेमा समाजमा सकारात्मक बहस गर्ने बेला भएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.