मकवानपुरमा जंगली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी

मकवानपुरमा जंगली च्याउ खाँदा एकको मृत्यु, चार बिरामी
फाइल तस्बिर

मकवानपुर : मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। चारजना बिरामी भएका छन्। 

आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए। स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्‍याएकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जंगली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया, १५ वर्षीया छोरी रेञ्जु, आठ वर्षीया सविना र १० वर्षीय छोरा सुशील बिरामी भएका हुन्। बलबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 


    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.