सुत्केरीसँग मेयर उपमेयर
नुवाकोट : नुवाकोटको विदुर नगरपालिकाले सुत्केरी लागि आवश्यक सामग्री प्रदान गरेको छ। मेयर, उपमेयर, वडाध्यक्षलगायतका जनप्रतिनिधि वडामा पुगेर पोषण तथा सरसफाइका सामग्रीहरू प्रदान गरेका हुन्।
‘सुत्केरी पोषण कार्यक्रम’ अन्तर्गत जनप्रतिनिधिहरू गाउँमै पुगेर सुत्केरीको पहिचान गरि उनीहरूलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन्। मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटीलगायतका जनप्रतिनिधिले एक/एक सेट सरसफाईका सामग्रीहरू र पोषणयुक्त खानेकुराहरू हस्तान्तरण गरिएको विदुर नपा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।
नगरपालिकाले दिएको सामग्रीहरूका साथ विदुर ४ नम्बर वडा कार्यालयले सुत्केरीहरूलाई थप एक हजार रुपैयाँ नगदका साथै एक/एक थान झुलसमेत प्रदान गरिएको वडाध्यक्ष नीलमबाबु ढुंगेलले जानकारी दिए। पाँच सय ५१ जना सुत्केरीहरूलाई सरसफाईका सामग्रीहरू र पोषणयुक्त खानेकुराहरू वितरण गरिएको हो।