५२ जनाको मोतियाविन्दुको शल्यक्रिया
हुम्ला : सर्केगाड गाउँपालिकामा ५२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ। सर्केगाड गाउँपालिका र तिलगंगा नेत्रविज्ञान संस्थाको सहकार्यमा दुई दिन सञ्चालन भएको निःशुल्क आँखा शिविरमा मोतियाविन्दुको शल्यक्रिया गरिएको हो।
शिविरबाट ३९४ जनाको निशुल्क आँखा परीक्षण भएको सर्केगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख किरण बुढाथोकीले जानकारी दिए। तिलगंगा नेत्रविज्ञान संस्थानबाट डाक्टर सुष्मा डुवालको नेतृत्वमा आएको टोलीले शिविरमा चेकजाँच गरेको बुढाथोकीको भनाइ छ।