सरकारी छाप दस्तखत किर्ते गर्ने फरार प्रतिवादी पक्राउ

सरकारी छाप दस्तखत किर्ते गर्ने फरार प्रतिवादी पक्राउ

काठमाडौं : सरकारी छाप दस्तखत किर्ते मु्द्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। सरकारी छाप दस्तखत किर्ते मुद्धामा फरार रहेका ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभू चसिडोलका विकास राउतलाई आइतबार दिँउसो प्रहरीले पक्राउ गरेको हो।

राउतलाई ५ महिना १५ दिन कैद र पच्चिस रुपैयाँ जरिवाना भराउने २०६६ साल पौष २६ गते काठमाडौं जिल्ला अदालतबाट फैसला भई फरार रहेका प्रतिवादी राउतलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो।

प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहलमा राउतलाई पठाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.