खानेपानी, पर्यटन , स्वास्थ्य, शिक्षा इस्मा गाउँपालिकाको प्राथमिकतामा

खानेपानी, पर्यटन , स्वास्थ्य, शिक्षा इस्मा गाउँपालिकाको प्राथमिकतामा

गुल्मी : गुल्मीको इस्मा गाउँपालिकाले पालिकाको १६ औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले आगामी वर्षको नीति तथा कार्यक्रममा खानेपानी, पर्यटन , स्वास्थ्य, शिक्षा र खेलकुदलाई विशेष प्राथमिकता दिएको बताए ।

गाउँपालिकाले पर्यटनतर्फ पालिकाभित्रका धार्मिक तथा पर्यटकीय स्थलमा पर्यटक भित्राउने उदेश्यले "घुमौं इस्माकोट" अभियान सञ्चालन गर्ने भएको छ । गोर्खा राज्यले एकीकरण अभियान आरम्भ गरेपछि तत्कालीन चौबिसे राज्य रहेको इस्माकोटको थप प्रचारप्रसार तथा पर्यटन पर्वद्वन गर्न आर्थिक वर्षमा इस्माकोटमा ५० हजार आन्तरिक र बाहृय पर्यटक भित्र्याउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।  उनले थामाकागढीलाई पर्यटकीय केन्द्र बनाएर पुर्वधार निर्माण गरिने नीति अगाडि सारिएको बताए ।

इस्मा गाउँपालिकाले स्थानीयलाई रोजगारी सिर्जना गर्ने र वातावरणलाई प्रतिकुल असर नगर्ने उद्योग स्थापनामा आउने व्यावसायीलाई  वर्ष व्यावसाय कर छुटको नीति अगाडि सारेको छ । अमरपुर बुल्ममा रहेको सेरामिक्सलाई थप व्यावस्थित गरेर परम्परागत हस्तकलाको संरक्षण गर्न इस्माकोटको प्रतिमा निर्माण गरेर पालिकाका कार्यक्रममा मायाको चिनोका रुपमा प्रयोग गरिने आगामी बर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्थानीय कच्चा पदार्थबाट निर्माण हुने सामाग्री उत्पादनमा जोड र बजारीकरणमा इस्माले प्रोत्साहित गर्ने भएको छ ।

"इस्माली परिश्रम इस्मामा उद्यम" अवधारणा अनुसार पढ्दै र सीप सिक्दै कमाउँदै अभियानलाई निरन्तरता दिने भएको छ। 

आगामी आर्थिक वर्षमा इस्मा गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति गाउँपालिका घोषणा गर्ने लक्ष्य लिएको छ । त्यस्तै गाउँपालिकाले नागरिकको स्वास्थ्य सुरक्षित गर्न र स्वास्थ्यकर्मीको मनोबल बढाउन "नमूना स्वास्थ्य संस्था,नमूना स्वास्थ्यकर्मी  अभियान"को अवधारणालाई अगाडि सारिएको छ ।

इस्माले आर्थिक बर्षलाई  २०८१/०८२ लाई खानेपानी तथा सरसफाइ बर्षका रूपमा निरन्तरता दिने भएको छ । एक घर एक धारा कार्यक्रम मार्फत  ३०४२ घरदुरीमा खानेपानीका धारा निर्माणको लक्ष्य राखिएको छ । इस्मा गाउँपलिका भित्र मनाइने मेला, पर्व, परम्परागत जीवनशैली एवं सांस्कृतिक सम्पदाको परिचय दिन सांस्कृतिक प्रोफाइल  तयार गर्ने प्रकाश गरिने नीति लिएको छ ।

इस्मा गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा र पालिकामा दिगो तथा वातावरण मैत्री विकास गरी मानव अधिकारमैत्री विकासका लागि हरित सडकको अवधारणालाई प्रवर्द्धन गरिने नीति अगाडि सारिएको छ । इस्मा गाउँपालिकाको भित्री चक्रपथ छल्दी ठाढुङ्गा नयाँपोखरा, मैदान दोबाट हुलाकेलाई स्तरोन्तती गरी खण्ड खण्डमा कालोपत्रे ग्राभेल एवम् ढलान गर्ने र नयाँ सडक नखोल्ने आगामी बर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.