महिलालाई चोरबाटोबाट विदेश पुर्‍याउने काम भइरहेको छ, रोकौं: धनराज गुरूङ

महिलालाई चोरबाटोबाट विदेश पुर्‍याउने काम भइरहेको छ, रोकौं: धनराज गुरूङ

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद धनराज गुरूङले गैरकानुनी ढंगले नेपाली महिलाहरूलाई विदेश पठाउने काम भइरहेको भन्दै तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोलेका कांग्रेस उपसभापति समेत रहेका गुरुङले  गैरकानुनी बाटोबाट विदेश पुगेका महिलाहरूले साह्रै दु:ख पाएको भन्दै उनले यसतर्फ ध्यान दिन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण  गराएका हुन्।

घरेलु कामदारका रुपमा महिलालाई विदेश नपठाउने सरकारले निर्णय गरेपनि गैरकानुनी ढंगबाट महिलाहरू विदेश जान क्रम नरोकिएको उनको भनाइ छ।  उनले पछिल्लो ६ महिनामा १० हजार महिला गैरकानुनी बाटोबाट कुवेत पुगेको दावी गरे।

'कुवेतमा अहिले ४१ हजार नेपाली महिला दिदीबहिनीहरू कामदारका रुपमा रहेका छन्। तीमध्ये २७ हजार दिदीबहिनीहरू गैरकानुनीरुपमा रहेको सूचना प्राप्त गरेको छु। पछिल्लो ६ महिना भित्र १० हजार नेपाली महिला गैरकानुनीबाटो बाट त्यहाँ पुगेको सूचना प्राप्त भएको छ। यो अत्यन्न दु:खद कुरा हो। हामीले घरेलु कामदार बन्द गर्‍यौं । तर त्यहाँ प्रतिनिधिहरू र  विभिन्न संघसंस्थाका साथीहरूले सरकारले ढोका बन्द गर्‍यो तर झ्याल खुला राखिदियो भन्ने गरेका छन्। झ्याल खुलै राखेका कारण महिलाहरूले साह्रै दु:ख पाइरहेका छन्। यो कुरा सदनमै पुर्‍याइदिनु भनेर सन्देश पठाउनु भएको छ,'उनले भने,' गैरकानुनीरुपमा यहीबाट सेटिङ गरेर दुवइ हुँदै त्यहाँ पुर्‍याउँदो रहेछ। यो दु:ख विषय हो। घरेलु कारमदारका रुपमा दिदीबहिनीहरूलाई पठाउनु हुँदैन भनेर हामीले निर्णय गरेका छौं। त्यही ठाउँमा ६ महिनाभित्र १० हजार नेपाली दिदीबहिनी पुग्नु योभन्दा खेदजनक के हुनसक्छ ? सभामुख महोदय, यसतर्फ सरकारको ध्यान आकृष्टि हुनुपर्छ।'

सांसद गुरुङले  ठूलो रकम लिएर बेलग्रेटमा अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारवाही गर्नुपर्ने माग गरे। आफू कुवेतमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर नेपाल फर्किने क्रममा बेल्ग्रेटबाट फर्काइएका पाँच युवासँग भेट भएको उल्लेख गर्दै उनले भने,' झापाको एउटा मेनपावर कम्पनीले प्रतिव्यक्ति ६ लाख ५० हजार लिएर बेल्ग्रट पुर्‍याएको खुलेको छ, 'यस विषयमा सरकारको ध्यानाकषर्ण गराउन चाहन्छु ।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.