नेपालमा बनेको हुन्डाई भेन्यु ६.९९ प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने
काठमाडौं : नेपालमा बनेको हुन्डाई भेन्यु ६.९९ प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने भएको छ। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनले एसम्बल गरिएको भेन्यु सो ब्यादरमा खरिद गर्न सकिने जानकारी कम्पनीले गराएको हो।
हुन्डाई नेपाल मेड फर योर जर्नी ग्राहकमुखी योजनाअनुसार हुन्डाई भेन्यु खरिदमा ६.९९ प्रतिशत फाइनान्सिङको व्यवस्था,१० वर्षको निशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ।
लक्ष्मी मोटर कर्पोरेसन,नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो।
लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा भेन्यु मोडल उत्पादन गरेर यसको बनावट,गुणस्तर,पर्फमेन्सलगायतका गुणहरू हुन्डाई मोटर कम्पनी कोरिया तथा भारतमा बन्ने सोही मोडलका गाडीहरू सरह नै हुने कुम्पनीको दावी छ।
स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण,आयात प्रतिस्थापन,रोजगारी सृजना,आन्तरिक राजश्वमा वृद्धि,सीप तथा प्रविधि विकास,सहायक उद्योगको स्थापना,आन्तरिक श्रोत तथा विद्युतको खपत,कूल गृहस्थ उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधान उपलब्ध गराउने उद्देश्य रहेको कम्पनी जनाएको छ।
हाल बिक्रीवितरण भइरहेको मेड इन नेपाल हुन्डाई भेन्यु १.२ (एस)को मूल्य ४४ लाख ९६ हजार र भेन्यु १.२ (एसएक्स)को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ कायम गरिएको छ।