संसदीय छानबिन समितिले सत्ताको प्रभावका कारण निष्पक्ष काम गर्न सक्दैन : चित्रबहादुर केसी

संसदीय छानबिन समितिले सत्ताको प्रभावका कारण निष्पक्ष काम गर्न सक्दैन : चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणको छानविन गर्न बनेको समितिले न्याय दिन नसक्ने बताएका छन्। सोमबार काठमाडौंको माइतिघर पुगेर सहकारी पीडितको आन्दोलनलाई समर्थन जनाउँदै केसीले सहकारी छानविन समितिको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने र पीडितले न्याय नपाउने दावी गरेका हुन्।

उनले सत्ताकै आडमा सहकारी बचतकर्ताको रकम हिनामिना भएको भन्दै सांसदहरू रहेको छानविन समितिले सत्ताको प्रभावका कारण निष्पक्ष काम गर्न नसक्ने जिकिर गरे।

केसीले राज्यशक्तिको आडमा नेपाली जनताको पसिनामा कसैले पौडी खेल्न नपाउने उल्लेख गरे । सहकारीबाट बचत रकमफिर्ताका लागि निर्णायक आन्दोलन गर्न उनले सुझाव दिए। सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै पीडितहरले माइतिघरमा निरन्तर प्रदर्शन गरिरहेका छन् ।

सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.