चिनियाँ उपविदेशमन्त्री वेईतोङ काठमाडौं आइपुगे

चिनियाँ उपविदेशमन्त्री वेईतोङ काठमाडौं आइपुगे

काठमाडौं : जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सन वेईतोङ तीन दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उपविदेशमन्त्री वेईतोङ सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपविदेशमन्त्री वेईतोङको प्रतिनिधि मण्डललाई परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वागत गरेका हुन्। 

 उनी काठमाडौँमा मंगलबार हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुनेछन्। परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताइएको छ। भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।

यसैगरी चिनियाँ उपविदेशमन्त्री वेईतोङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ। उपविदेशमन्त्री वेईतोङ नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्कनेछन्। 

पछिल्लो समय चीनबाट हुने उच्चस्तरीय भ्रमणहरु बाक्लिएका छन्।  असार ४ गतेपनि सिचुवान प्रान्तको उपप्रमुख एवं  पब्लिक सेक्युरिटिज  विभागका प्रमुख ये हानपिन नेतृत्वमा ५ सदस्यीय टोली नेपाल आएको थियो।  

त्यसै गरी दुई साता अगाडि चीनका राष्ट्रिय धार्मिक साँस्कृतिक मामिला प्रशासन मन्त्री चेन रुइफेंङ गत बुधबार लुम्बिनी पुगेर फर्किएका थिए। मन्त्री चेनसँगै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ,चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला व्युरो प्रमुख हुआंग झिहुई पनि उक्त टोलीमा सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.