विराटनगरको बजेट ३ अर्ब ४९ करोड ९८ लाख

विराटनगरको बजेट ३ अर्ब ४९ करोड ९८ लाख

विराटनगर : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। 

विराटनगर कोशी प्रदेशको एउटा मात्रै महानगरपालिका हो। उपमेयर शिल्पा निराला कार्कीले सोमबार नगरसभामा आय व्ययको अनुमानित विवरण पेस गरेकी हुन्। कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५९ करोड, ऋणको सावाँ ब्याज भुक्तानीका लागि ५ करोड र चालु आर्थिक वर्षको चालु खर्चतर्फको दायित्व भुक्तानीका लागि ३ करोड ३४ लाख ८३ हजार विनियोजन गरिएको उनले बताइन्। 

उनका अनुसार समपूरक कार्यक्रमका लागि ६ करोड १० लाख र वडास्तरीय योजनाका लागि ४३ करोड ३ लाख १२ हजार रुपैयाँ छुट्याइएको छ। महानगरले बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरेर आएका योजनाको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई–मधेस समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख, मर्मत सम्भारतर्फ १० करोड तथा भारी सवारी साधन खरिदका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमतर्फ ७८ करोड ७८ लाख १ हजार, स्वास्थ्य विकास कार्यक्रमतर्फ २० करोड ५७ लाख ९३ हजार, नगरस्तरीय योजनाका लागि ३५ करोड, महिला लक्षित कार्यक्रमतर्फ ९९ लाख ५७ हजार, संघ संस्थातर्फ २ करोड ७० लाख बजेट विनियोजन गरिएको जानकारी कार्कीले दिइन्। आदिवासी जनजाति, दलित, मधेसी, तथा यौनिक तथा अल्पसंख्यकतर्फ ६२ लाख ८६ हजार, बालबालिका लक्षित कार्यक्रमतर्फ ७० लाख ८० हजार, युवा विकास कार्यक्रमतर्फ ९५ लाख ८४ हजार, खेलकुद विकास कार्यक्रमका लागि १ करोड ८ लाख, रोजगार प्रवर्धन कार्यक्रमतर्फ ७० लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

महानगरले ज्येष्ठ नागरिकतर्फ ९ लाख ९५ हजार, अपांगता क्षमता विकास कार्यक्रमतर्फ २८ लाख ८ हजार रुपैयाँ विनियोजन गरेको छ। आर्थिक विकास क्षेत्रअन्तर्गत कृषि विकासतर्फ १ करोड ३ लाख, पशुपंक्षी तथा भेटनरीतर्फ १ करोड ५३ लाख ९७ हजार, सहकारीतर्फ २४ लाख, उद्यमशील विकासतर्फ ५० लाख, उपभोक्ता हित संरक्षणका लागि ८ लाख ५० हजार र पर्यटन प्रवर्द्धनका लागि १ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ।

वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रअन्तर्गत विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख, वन वातावरण तथा जैविक विविधतातर्फ ३५ लाख ५० हजार तथा सरसफाइ कार्यक्रमतर्फ १ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। सुशासन तथा संस्थागत विकास क्षेत्रअन्तर्गत राजस्व सुदृढीकरणतर्फ ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनका लागि ४० लाख, सहरी विकासतर्फ ९० लाख, सूचना तथा सञ्चारका लागि ६० लाख, सूचना तथा प्रविधितर्फ ८० लाख, सुशासन तथा सेवा प्रवाहका लागि १ करोड ८ लाख ४५ हजार छुट्याइएको छ। 

महानगरले कानुन तथा न्यायतर्फ ७२ लाख ५० हजार, फोहोर पानी प्रशोधन केन्द्रतर्फ २ करोड ९५ लाख, सडक ढल तथा नाला सफाइ र मर्मतका लागि ४ करोड ५० लाख, भू–उपयोग आवास तथा बस्ती विकास कार्यक्रमतर्फ ८५ लाख ४९ हजार, विद्युतीकरण कार्यक्रमका लागि २ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। योजना निर्माण गर्ने क्रममा महानगरपालिकाले १९ वटा वडालाई २ करोडका दरले बजेट दिएको छ।

महानगरले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब ३६ करोड १७ लाख बराबरको बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि करिब १३ करोड बढीको बजेट ल्याइएको छ। महानगरले जेठ मसान्तसम्ममा चालु विनियोजित बजेटमध्ये करिब ६४.१३ प्रतिशत अर्थात २ अर्ब १५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ। चालुतर्फ १ अर्ब २५ करोड ११ लाख र पुँजीगततर्फ ८८ करोड १३ लाख ६६ हजार रुपैयाँ खर्च भएको हो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.