बालेनलाई कार्यपालिका सदस्यको काउन्टर- सिंहदरबार जलाउँछु भन्दै हिंड्नुभएको छ, महानगर जलाउन आए के गर्नुहुन्छ?

बालेनलाई कार्यपालिका सदस्यको काउन्टर- सिंहदरबार जलाउँछु भन्दै हिंड्नुभएको छ, महानगर जलाउन आए के गर्नुहुन्छ?

काठमाडौं : नेकपा माओवादी केन्द्रकी नगर कार्यपालिका सदस्य अनिता कार्की (ढोली)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई सिंहदरवार जलाउने अभिव्यक्ति दिएकोप्रति कडा प्रतिकार गरेका छन्। उनले सिंहदरवारले नै प्रद्यत गरेको अधिकारबाट महानगरको कुर्सीमा बसेको भन्दै कसैले महानगरपालिकाको दरबार जलाउँछु भन्दै आए के गर्ने भनेर प्रश्न गरेकी छन्।

'प्रमुखज्यु आज तपाईँ जुन कुर्सीमा बसिरहनुभएको छ। त्यो कुर्सीको अधिकार नेपालको संविधान २०७२ ले दिएको र स्थानीय सत्ता सञ्चालन २०७४ ले दिएको अधिकारअन्तर्गतको हो। जुन अधिकार सिंहदरवारले प्रद्यत गरेको अधिकार हो। अहिले सिंहदरबार जलाउँछु भन्दैगर्दा तपाईँलाई महानगरपालिकाले दिएको जुन दरबार छ। भोलि त्यो दरबार महानगरबासीले जलाए भने त्यसको अवस्था के हुनसक्छ?,' नगरसभाको बैठकमा उनले प्रश्न गरिन्।

महानगर प्रमुख बालेनले कुर्सीमा रजगज देखाएको आरोप उनको छ। 'जुन दरबारमा बसेर तपाईँ रजगज गरिरहनुभएको छ। त्यो दरबार महानगरपालिकाले तिरेको राजस्वबाट बनेको हो,' उनले थपिन्।

उनले आफ्नो पार्टी माओवादी केन्द्रले नै देशमा थुप्रै आमूल परिवर्तन भएको बताए। 'पछिल्लोपटक थुप्रै आमूल परिवर्तन भएका छन्। त्यसको संबाहक पार्टी माओवादी केन्द्र पनि हो। त्यो हामीले बिर्सिनु हुन्न। संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीता, धर्म निरपेक्षता, संविधानलगायत आमूल परिवर्तनको पक्षधर माओवादी केन्द्र नै हो,' उनले भनिन्।

उनले दलको विकल्प व्यक्ति हुन नसक्ने बताइन्। 'आगामी दिनमा दलको विकल्प दल हुनसक्छ,व्यक्ति हुन सक्दैन,' उनले भनिन्। उनले संसोधन प्रस्ताव पेस गरेकी थिइन्। 

भिडियो हेर्नुस्:


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.