अनुदानमा कृषि उपकरण वितरण
स्याङ्जा : गल्याङ् नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ। कृषि र पशु व्यवसायप्रति आकर्षण बढाउनका लागि कृषि उपकरण वितरण गरेको हो। नगरपालिकाको ११३ वटा विभिन्न कृषि उपकरण सामग्री हस्तान्तर गरिएको हो।
किसानका मागका आधारमा ६० वटा कम्बाईन मिल, ३३ वटा हाते ट्याक्टर, १४ वटा चाप कटर र ६ वटा ब्रस कटर वितरण गरिएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए।