मन्त्रिपरिषद् बैठक

अर्थमन्त्री पुनको चीन भ्रमण स्वीकृत,राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा यादव नियुक्त

अर्थमन्त्री पुनको चीन भ्रमण स्वीकृत,राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा यादव नियुक्त

काठमाडौं : सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन्।

बैठकले कर्णाली प्रदेशमा पछिल्लो भूकम्पका कारण भएको क्षतिको पूननिर्माण र पुनस्र्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप आठ दशमलव १ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

असार २७ देखि २९ गतेसम्म चीनमा आयोजना हुने उच्चस्तरीयसम्मेलनमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुनको भ्रमण स्वीकृति गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् । बैठकले विधुत नियमन आयोगको रिक्त अध्यक्ष पदमा डा .रामप्रसाद धिताल र सदस्य पदमा मधुसुधन अधिकारी र झमक प्रसाद शर्मालाई नियुक्त गरेको छ । 

बैठकले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा. राजेन्द्र प्रसाद यादवलाई नियुक्त गरेको छ भने नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक नियुक्तिका लागि कृषि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको प्रवक्ता शर्माले जानकारी दिइन्।

त्यस्तै बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा उद्धवप्रसाद तिमल्सेनालाई मनोनयन गरेको छ । त्यस्तै बैठकले प्रतिलिपी अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.