चीनले 'भिजिट नेपाल-२०२५' मनाउने

चीनले 'भिजिट नेपाल-२०२५' मनाउने

काठमाडौं : चीनले 'भिजिट नेपाल-२०२५' मनाउने भएको छ। नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल-२०२५’ मनाउने निर्णय गरेको हो।

नेपाल भ्रमणमा रहेका चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटमा उक्त जानकारी गराएका हुन्। उपविदेशमन्त्री सुन वेइतोङले उक्त अभियानले नेपालको आर्थिक-सामाजिक विकासमा टेवा पुग्ने बताए।

सिंहदरबारमा सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री दाहालले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गरेका थिए। आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोउन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने प्रधानमन्त्रीको भनाइ थियो।

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा भाग उपविदेशमन्त्री सुन वेइतोङ नेपाल आएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.