मेयरका लागि गाडी किन्न छुट्ट्याइएको पैसाले नगरबस किनिने

मेयरका लागि गाडी किन्न छुट्ट्याइएको पैसाले नगरबस किनिने

डोल्पा : उच्च तहमा पुगेपछि राज्‍यकोषबाट सेवा लिन नचाहाने सायदै होलान्। यसमा स्थानीय तहका जनप्रतिनिधि पनि अछुतो छैनन्। स्थानीय तहका जनप्रतिनिधिले आफ्नो सेवा सुविधाका लागि विकास बजेट कटौती गरेर मंहगा गाडी किनेका थुप्रै उदाहरण छन्। 

तर, डोल्पाको ठूलीभेरी नगरपालिकाका मेयर सुवर्ण बुढाले आफ्नो सुविधाका लागि स्कारपीयो किन्ने रकमले नगरबस किन्ने निर्णय गरेका छन्। यसका लागि नगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

नगरपालिका भित्रका वडाध्यक्ष लगायत कार्यपालिका सदस्यहरूले स्करपीयो किन्नका लागि सुझाव दिए तापनि नगरप्रमुख बुढाले यसलाई अस्वीकार गरेका हुन्। ‘नगरबासीको सुविधाका लागि नयाँ बजेटबाट नगरबस किनेर सञ्चालनमा ल्याउने निर्णय भएको छ। व्यक्तिगत सुविधाभन्दा पनि नगरबासीको सुविधा प्रमुख हो। त्यसैले पनि स्करपीयोको साटो नगरबस किन्ने निर्णय गरिएको हो’, बुढाले भने।

यस खालका निर्णय जिल्लाका अन्य स्थानीय तहले गरेका छैनन्। ‘नगरबस ल्याए पनि पहिलो चरणमा जुफाल दुनै सञ्चालनमा ल्याइने । विस्तारै अर्को गाडीको व्यवस्थापन गरेर तालीदेखि जुफालसम्म सञ्चालनमा ल्याइने छ’, उनले थपे ।

नगरपालिकाले आज मात्रै कुल ४८ करोड २ लाख ४८ हजार बराबरको बजेट ल्याएको छ। जसमा चालूतर्फ २९ करोड ८५ लाख ३४ हजार बजेट छुट्याइएको छ भने पुँजीगत तर्फ १८ करोड १७ लाख १४ हजार बजेट रहेको छ। बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र यातायात क्षेत्रलाई प्राथमिकता दिइएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.