झापामा चट्याङले लागेर एक जनाको मृत्यु
झापा : झापामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका- २ स्थित समाईगढ निवासी ४६ वर्षीय राजन खड्का रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आज बिहान ७ बजेको समयमा आफ्नै घरबाट खेततर्फ जाने क्रममा उनीमाथि चट्याङ परेको थियो। चट्याङ लागेर घाइते भएका खड्कालाई उपचारको लागि आम्दा अस्पताल दमक पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।