मोरङमा घरभित्रै वृद्ध मृत फेला

मोरङमा घरभित्रै वृद्ध मृत फेला
सांकेतिक तस्बिर।

विराटनगर : मोरङमा एक जना वृद्ध घरभित्रै मृत फेला परेका छन्। सुनवर्षी नगरपालिका–२ का ७५ वर्षीय पुनलाल राजवंशी आफ्नै घरभित्र मृत भेटिएका हुन्। 

घरको कोठाभित्र पानी भरेको बालटिनमा टाउको डुबेर मृत्यु भएको अवस्थामा सोमबार साँझ ७:२५ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार बालटिनमा घोप्टो परेको निर्वस्त्र अवस्थामा राजवंशीलाई मृत फेला पारिएको हो। 

राजवंशी घरभित्रै मृत फेला परेपछि स्थानीयले प्रहरीलाई घटनाको जानकारी दिएका थिए। घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा पुर्‍याएको छ। राजवंशीको अस्वभाविक मृत्युका सम्बन्धमा इन्सपेक्टर खड्का नेतृत्वकै टोलीले थप अनुसन्धान सुरु गरेको डीएसपी बस्नेतले बताए। 

उनका अनुसार पानी खान वा नुहाउन लाग्दा मृत्यु भएको हुनसक्ने आशंका छ। तत्काल हेर्दा शरीरमा कुनै चोटपटक नरहेको र घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ। यद्यपि, अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जानकारी डीएसपी बस्नेतले दिए। 

प्रहरीका अनुसार घरमा वृद्ध राजवंशी एक्लै बस्दै आएका थिए। पत्नीको केही समयअघि मृत्यु भइसकेको र उनका सन्तान नरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.