यसरी हुँदैछ घण्टाघरको पुनर्निर्माण
काठमाडौं : काठमाडौंको त्रिचन्द्र क्याम्पस परिसरमा रहेको ऐतिहासिक घण्टाघरको पुनर्निर्माणको कार्य सुरू भएको छ । पुनर्निर्माणको कार्य सोमबारदेखि सुरू भएको हो । घण्टाघरको पुनर्निर्माणमा अहिले कामदारहरू रेट्रोफिटिङमा व्यस्त छन् ।
विनाशकारी भूकम्पले क्षति पुगेको घण्टाघरको पुनर्निर्माणका लागि पुरातत्त्व विभागको सहमतिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्तृत परियोजना तयार गरेको हो।
भवन निर्माण विभागले घण्टाघरको दायाँ क्षेत्रको रेट्रोफिटिङ गर्ने र बायाँ क्षेत्रको भवनको पुनर्निर्माण गर्ने तयारी गरेको छ । पुनर्निर्माण भइरहेको घण्टा घरको उचाइ र स्वरुप पहिलाकै रहनेछ।