म्याग्दीमा आगलागीबाट एक घर जलेर नष्ट

म्याग्दीमा आगलागीबाट एक घर जलेर नष्ट

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका आगोलागीबाट एक घर जलेर नष्ट भएको छ। ताकमका बाबुराम खत्रीको ढुंगा, माटो, काठले बनेको जस्तापाताले छाएको घर गएराती आगलागी हुँदा जलेर नष्ट भएको हो। 

आगलागीबाट घरमा भएको अन्नपात, कपडा, काठपात सबै जलेर नष्ट भएको धरधनी खत्रीले बताए। 

सोमबार राती १० बजे भान्छा कोठाबाट सल्किएको आगोलाई स्थानीयबासी, जनप्रतिनिधि, रेडक्रसकर्मी र प्रहरीको टोलीले निभाएका थिए। तत्कालै नियन्त्रणमा जुटेको र सावधानीले बाक्लो बस्तीका अन्य घरमा आगो सल्कन पाएनन्। 

ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले आगलागीबाट ३ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको बताए। घर जलेपछि खत्रीका परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन्। 

धवलागिरी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले आगोलागी पीडितलाई अस्थायी बसोबास र राहत तथा घर पुनर्निर्माणका लागि समन्वय र पहल गरिएको बताए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.