सांसदहरूले दिएका सुझाव नसमेटिए बजेटमाथिको छलफल औचित्य छैन : भीमप्रसाद आचार्य

सांसदहरूले दिएका सुझाव नसमेटिए बजेटमाथिको छलफल औचित्य छैन : भीमप्रसाद आचार्य

काठमाडौं : नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले बजेमाथिको छलफल अनावश्यक भएको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद आचार्यले सरकारले असन्तुलित बजेट ल्याएको भन्दै आक्रोश समेत व्यक्त गरे।

सांसदहरूले दिएका सुझाव नसमेटिदा बजेमाथिको छलफल औचित्यहीन बन्दै गएको बताए। उनले पञ्चायतकालदेखि बजेटमाथि एकै किसिमको छलफल हुँदै आएको भन्दै यसमा परिवर्तन आवश्यक रहेको बताए।

'हामी जेठ १५ गते बजेट आएपछि लगातार छलफल गरिरहेका छौं। तर ,म यसो कहिलेकाही सोच्छु, यसले हामीलाई पु्र्‍याउँछ कहाँ ?यत्रो लामो छलफल बहसपछि पुगिन्छ कहाँ ? हुन्छ के ? परिवर्तन हुन्छ कि हुँदैन केही कुराहरू। यो असन्तुलित बजेट कही अरबौं बजेट, काही जिरो बजेटको अवस्थामा परिवर्तन आउँछ कि आउँदैन। परिवर्तन आउँदैन भने पञ्चायतीकालदेखि यस्तै छलफल गर्ने र यस्तै निष्कर्ष निकाल्ने विराशत बोकेर हिँडिरहेका छौं,'उनले भने,' यहाँ क्रान्ति गरेर आएका क्रान्तिकारीहरू पनि छन्। नयाँ भनेर नयाँको ट्याग लागेका हामीहरू पनि छौं। पञ्चायतकालको विराशत लिएर बजेटमा छलफल गर्ने बहस गर्ने तर्क गर्ने अनि अन्तमा जे आएको छ त्यसलाई हुन्छ हुँदैन भनेर पारित गर्ने।'

सरकारले बजेट सार्वजनिक गरेपछि सदानबाट त्यसलाई संशोधन गर्ने चलन छैन। उनले राज्यको स्रोत साधन खर्चिएर बजेटमाथि लामो समयसम्म छलफल गर्नुको औचित्य नभएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.