उपमहासचिव रिमालको नेतृत्वमा एमालेका २९ जना नेता आज चीन भ्रमणमा जाँदै

उपमहासचिव रिमालको नेतृत्वमा एमालेका २९ जना नेता आज चीन भ्रमणमा जाँदै
चीन भ्रमणमा जान लागेको पार्टीको प्रतिनिधि मण्डलसँग एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौं : नेकपा एमालेका नेताहरू आज साँझ चीन भ्रमणमा जाने भएका छन्। उपमहासचिव विष्णु रिमाल नेतृत्वको २९ जनाको टोली चीन भ्रमणमा जान लागेका हो।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा आफ्नो नेतृत्वमा एमाले नेताहरु चीन जान लागेको रिमालले जानकारी दिए।

उनले अन्नपूर्णसँग भने, ‘आज साँझ मेरो नेतृत्वमा एमालेका नेताहरु चीन भ्रमणमा जान लागेका छौं। भ्रमणको क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुनेछ।’

null

भ्रमण दलमा रिमालसहित नेता भानुभक्त ढकाल,नागेन्द्र शाही,सांसदहरू महेश बस्नेत, सरस्वती सुब्बा लगायत रहेका छन्। चीन भ्रमणमा जान लागेको पार्टीको प्रतिनिधि मण्डलसँग सोमबार पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफलसहित निर्देशनसमेत दिएका थिए।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा यस अगाडि महासचिव शंकर पोखरेलको नेतृत्वमा एमालेका नेताहरु चीन गएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.