प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको छलफल सकियो

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको छलफल सकियो

काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको छलफल सकिएको छ। सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए। आज विनियोजन विधेयकमाथिका विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफल सकिएको हो। 

 प्रधानमन्त्री पुष्पकमल दाहाल  'प्रचण्ड'ले  विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेकाले सो मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले  दिएका हुन्।  परराष्ट्रमन्त्री श्रेष्ठ एसिया को-अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औं बैठकमा भाग लिन इरान गएका छन्।

योसँगै विनियोजन विधेयकमाथिका विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफल सकिएको हो। बैठकमा सांसदहरूले राखेका विभिन्न मन्त्रालयको खर्च कटौतीका प्रस्तावहरू सभामुख देवराज घिमिरेले निर्णयार्थ पेश गर्ने क्रम जारी छ। बैठकमा ३१ वटा खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। आजै बजेट पारित गराउने सरकारको तयारी छ।

बजेट पारित गराउन नेकपा एमाले,नेकपा माओवादी केन्द्रलगायत सत्तापक्ष दलले ह्विप जारी गरेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बजेटको विपक्षमा मतदान गर्न र बजेट पास नहुञ्जेल संसद बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.