नेपाल-चीन बैठक : द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउन मन्त्रीस्तरीय संयुक्त आयोग बनाउन जोड

नेपाल-चीन बैठक : द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउन मन्त्रीस्तरीय संयुक्त आयोग बनाउन जोड

काठमाडौं : नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठकले द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन मन्त्रीस्तरीय संयुक्त आयोग बनाउन जोड दिएको छ। सिंहदरवारमा मंगलबार बसेको १६औं बैठकले द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउने र परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगलगायत नयाँ संयन्त्र बनाउन जोड दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

बैठकमा दुवै देशका प्रतिनिधिले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका बलियो आधार, पञ्चशील, आपसी विश्वास, सद्भाव र समझदारी रहेको बताएका थिए। परराष्ट्र सचिव सेवा लम्सालले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएकी थिइन्। नेपालको उक्त नीतिप्रति चिनियाँ उपविदेशमन्त्री सुन वेइदोङले प्रसंसा गरेका थिए। 

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धको समग्र पक्षको समीक्षा भएको थियो। दुई देशबीच विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति र विगतमा भएका निर्णयहरूको मूल्यांकनका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। दुवै पक्षले आपसी सहमति भएका क्षेत्रमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक लाभका लागि प्रतिबद्धता जनाएका थिए। 

त्यस्तै चीनले नेपाल भ्रमण वर्ष २०२५ मनाउने घोषणा गरेको सन्दर्भमा पनि बैठकमा छलफल भएको थियो। त्यसका लागि चीनमा नेपालको पर्यटन सम्भावनाबारे प्रवर्द्धन गर्ने निष्कर्ष निकालिएको थियो। बैठकमा व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायका विषयमा छलफल भएको थियो। 

त्यस्तै कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा दुवै देशले विशेष कार्यक्रम र गतिविधिका साथ मनाउने निर्णय बैठकले गरेको छ। बैठकलाई नेपालको तर्फबाट परराष्ट्र सचिव लम्सालले नेतृत्व गरेकी थिइन्। बैठकमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव पूर्वोत्तर एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकाल र नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा निकायका वरिष्ठ अधिकारी सहभागी थिए। चिनियाँ प्रतिनिधिमण्डलमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र चीनको परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासका अधिकारीहरू सहभागी थिए।

त्यस्तै चिनियाँ उपविदेशमन्त्री सुनले भोलि राष्ट्रपति रामचन्द्र पौडेल र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। चिनियाँ टोलीले सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेको थियो। चिनियाँ टोली भोलि स्वदेश फर्किने तालिका छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.