मनसुन सक्रिय

तीन दिनको मौसम पूर्वानुमान : कुन-कुन स्थानमा हुँदैछ भारी बर्षा ?

तीन दिनको मौसम पूर्वानुमान : कुन-कुन स्थानमा हुँदैछ भारी बर्षा ?
फाइल तस्बिर।

काठमाडौं : नेपालमा मनसुनी वायुको आंशिक प्रभाव  रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती,कोशी र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा भइरहेको छ।

मोरङ,सिराहाको दोधना,उदयपुरको सुन्दरपुर र झापाको केचनास्थित वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले, तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा  दिउँसोसम्म  सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। विभागले सिन्धुपाल्चोकस्थित ढुङ्गे,तार्केघ्याङ वर्षामापन केन्द्र लगायत स्थानहरुमा मध्यम-भारी वर्षा भईरहेको,थप वर्षा हुने सम्भावना रहेकोले मेलम्ची नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाबाट जारी बुलेटिनमा उल्लेख  छ |

राती पनि कोशी ,गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ |

बिहीबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती,लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ |

शुक्रबार दिउँसो देशभर  पूर्णतया बदली रहने छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती र लुम्बिनी  प्रदेशका केही स्थानहरूका साथै गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी,मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.