लमजुङको बगुममा पहिरोले ३ घर बगायो, ४ जनाको मृत्यु

लमजुङको बगुममा पहिरोले ३ घर बगायो, ४ जनाको मृत्यु

बेसीसहर : लमजुङको क्ब्होंलासोथर गाउँपालिका- ३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ। उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरो जाँदा तीन घर बगाउँदा पहिरोमा परि ४ जनाको मृत्यु भएको हो।

वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ। पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङको मृत्यु भएको हो। 

रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडासदस्य घलेले जनकारी दिए। पहिरोमा चित्रका भाइ भिमबहादुर घले भने घाइते भएका छन्। 

घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली जाँदै गरेको प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए। उत्तरकन्याका वडाअध्यक्ष आसविर गुरूङका जनप्रतिनिधिको टोलीपनि घटनास्थल पुग्दैछ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.