ओखलढुंगामा पहिरोले घर र गोठ पुरियो : १ जनाको मृत्यु, २ घाइते

ओखलढुंगामा पहिरोले घर र गोठ पुरियो : १ जनाको मृत्यु, २ घाइते
फाइल तस्बिर।

ओखलढुंगा : ओखलढुंगामा अविरल वर्षाका कारण गएको पहिरोले घर गोठ पुरिएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका  ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री रहेकी प्रहरीले जनाएको छ । घर पुरिंदा खत्री र निजकी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

प्रहरीले मृतकको लास घटनास्थलबाट उद्धार गरी कानुनी प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाल जनाएको छ  । पहिरोको जोखिममा रहेका स्थानीयलाई सतर्क गराइएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.