नेपाल आइडलका विजेता करण परियारलाई प्रधानमन्त्रीको बधाई, बालुवाटार बोलाएर दिए गितार उपहार

नेपाल आइडलका विजेता करण परियारलाई प्रधानमन्त्रीको बधाई, बालुवाटार बोलाएर दिए गितार उपहार
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल ‘सिजन ५ ’का विजेता करण परियारलाई बधाइ दिएका छन्। बुधबार बिहान प्रधानमन्त्री निवासमा बालुवाटार नेपाल आइडलका विजेता परियारलाई बोलाएर प्रचण्डले बधाई दिँदै गितार उपहार दिएका हुन्। 

null

बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए। विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने प्रचण्डले विश्वास व्यक्त गरे।

null

बर्दियाका परियाले शनिबार पोखराकी सलोमी गुरूङ,दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन्। परियारले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेका थिए। दर्शकको भोटका आधारमा उनलाई विजेता घोषणा गरिएको हो।

यस्तै फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भए। गुरुङले १० लाख नगद र ट्रफी पाए भने विश्वकर्माले ५ लाख नगदसहित ट्रफी हात पारेका थिए। विजेताहरूलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले ट्रफी प्रदान गरेका थिए।null

एपीवान टेलिभिजनले निर्माण गरेको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण गत फागुन २४ देखि प्रसारण भएको थियो। पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए। एपिवान टेलिभिजनको स्टुडिओमा भएको फिनालेलाई टेलीभिजनसँगै नेपाल आइडलको युटयुबमा लाइभ गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.