झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालबालिकाको मृत्यु

झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालबालिकाको मृत्यु

झापा : झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालबालिकाको मृत्यु भएको छ। कचनकवल गाउँपालिकामा विषालु सर्पले डस्दा एक बालिका र मेचीनगरमा खोलामा डुबेर एक बालक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

कचनकवल– ३ स्थित गंगाबस्तीमा मंगलबार साँझ ५:३० बजेको समयमा हरिप्रसाद राजवंशीकी छोरी १२ वर्षीया मनिषा राजवंशीलाई आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा कालो गोमन सर्पले डसेको थियो। 

बालिकालाई बनियानी सर्प दंश उपचार केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। स्वर्णिम शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत मनिषा परीक्षाको तयारीका लागि टेबल निकालेर पढ्न लागेकी थिइन्। बालिकालाई टोकेको कालो गोमनलाई भण्डार कोठा सफा गरी मारिएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए। 

त्यस्तै मेचीनगरस्थित फुलवासा खोलामा डुबेर मेचीनगर नगरपालिका–१४ स्थित नमुना टोलका बामरा सन्थालका २० महिनाका छोरा रिहान सन्थालको मृत्यु भएको छ। मंगलबार साँझ साढे ७ बजेको समयमा खेल्ने क्रममा घरदेखि अन्दाजी ३०० मिटर पूर्वमा रहेको फुलवासा खोलामा ती बालक डुबेका थिए। कानुनी प्रक्रिया पुरा गरी बालकको शव पोस्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.