राष्ट्रपति पौडेल र चीनका उपविदेशमन्त्री सुनबीच भेटवार्ता

राष्ट्रपति पौडेल र चीनका उपविदेशमन्त्री सुनबीच भेटवार्ता
तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेटवार्ता गरेका छन्। उनीहरूबीच बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको हो।

भेटमा दुई पक्षीय हीत,सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।  

राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैं नेपालको विकास प्रयासमा योगदान पुर्‍याएको बताएका थिए । उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबीचको  जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन ठूलो योगदान दिएको पनि बताएका थिए।

यसअघि सोमबार चीनका उपविदेशमन्त्री सुनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए। उनीहरूबीच द्विपक्षीय सम्बन्ध,आपसी चासो र सहकार्यका विषयमा  छलफल भएको थियो।

कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री सुन नेतृत्वको  प्रतिनिधिभण्डल सोमबार नेपाल आएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.