लमजुङमा चट्याङ लागेर एकजनाको मृत्यु, एक घाइते

लमजुङमा चट्याङ लागेर एकजनाको मृत्यु, एक घाइते
फाइल तस्बिर।

बेसीसहर : गएराती परेको चट्याङ लागेर लमजुङमा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। क्व्होलासोथार गाउँपालिका-७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको चट्याङ लागेर मृत्यु भएको वडाअध्यक्ष लक्षुमन गुरुङले जानकारी दिए।

मंगलबार राती २ बजेतिर पिसाब फेर्न बाहिर निस्केको बेलामा चट्याङ लागेको स्थानीयले बताएका छन्। यसैगरी चट्याङका कारण राइनास नगरपालिका-९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन्। 

उनको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मिनबहादुर घलेले जानकारी दिए। घटनास्थलमा गिलुङ प्रहरी चौकीबाट प्रहरी खटिएको उनले बताए। घटनाको एकीन विवरण आउन बाँकी रहेको उनले बताए।

चट्याङका कारण बेंसीसहर नगरपालिका ६, शेराका मदन परियारको एउटा गोरु मरेको छ। विभिन्न क्षेत्रमा विद्युतीय सामाग्रीमा क्षति पुगेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.