सिन्धुलीका नौवटा पालिकाको बजेट सार्वजनिक : स्वास्थ्य,शिक्षा र पूर्वाधार विकास प्राथमिकतामा

सिन्धुलीका नौवटा पालिकाको बजेट सार्वजनिक : स्वास्थ्य,शिक्षा र पूर्वाधार विकास प्राथमिकतामा
तस्बिर : अन्नपूर्ण

सिन्धुली :  सिन्धुलीका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।  दुई नगरपालिकासहित नौंवटै पालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ६ अर्ब ८२ करोड १८ लाख ४९ हजार २ सय रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । 

जिल्लाका अधिकांश पालिकाहरूले कृषिलाई प्रथामिकतामा राखेर बजेट सार्वजनिक गरेका हुन् । यस्तै स्वास्थ्य,शिक्षा र पूर्वाधार विकासमा पनि बजेटले प्राथमिकता पाएका छन । जिल्लामा सबैभन्दा धेरै कमलामाई नगरपालिकाले १ अर्ब ३५ करोड ९ लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

यस्तै दुधौली नगरपालिकाले १ अर्ब ९ करोड ६१ लाख ११ हजार ४ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको छ । गाउँपालिका मध्ये जिल्लाको तिनपाटन गाउँपालिकाले ८१ करोड ५० लाख ३५ रुपैयाँको बजेट सार्वजनिक गरेको गाउँपालिकाका उपाध्यक्ष धनबहादुर पुलामी (अशोक) ले बताए ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष कृषि,पशुपंक्षी,सिप विकास र रोजगार, शिक्षा,स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेको छ । यस्तै पूर्वाधार विकाससँगै आयुर्वेद,बहुक्षेत्रीय पोषण  प्रवद्र्धन र सामाजिक सुरक्षा, खानेपानी र सरसफाइ, खेलकुद, वन तथा वातावरण,विपद व्यवस्थापन,संथागत विकास तथा सेवा प्रवाहलाई समेत नीति तथा कार्यक्रममा प्राथमिकता राखिएको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाको भनाइ छ । 

हरिहरपुरगढी गाउँपालिकाले ६८ करोड ५९ लाख ७७ हजारको बजेट सार्वजनिक गरेको छ भने सुनकोसी गाउँपालिकाले ६४ करोड १५ लाख २७ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।  गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले निति तथा कार्यक्रम र उपाध्यक्ष कपिल कोइरालाले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

जिल्लाको मरिण गाउँपालिकाले अन्य पालिकाको तुलनामा यस पटक जनमुखी निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको जनाएको छ । कुल ६३ करोड ८० लाख ६३ हजार ८० सय बराबरको अनुमानित बजेट प्रस्तुत गरेको मरिण गाउँपालिकाले कृषि र रोजगारलाई मुख्य प्राथमिकता दिएको भएपनि आगामी वर्षका लागि समाजवाद उन्मुख आधार तयार गर्ने गरी निति तथा कार्यक्रम ल्याइएको मरिण गाउँपलिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातको भनाई छ । 

अध्यक्ष मोक्तानद्धारा प्रस्तुत निति तथा कार्यक्रममा मरिणका विपन्न परिवारलाई आवास निर्माण, किसानलाई पेन्सन, जनयुद्धका शहिद तथा वेपत्ता परिवारलाई मासिक निर्वाह भत्ता देखि पूर्व जनमुक्ति सेना र जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य वीमा गर्ने जस्ता कार्यक्रम ल्याइएको छ ।

‘सहिद तथा वेपत्ता परिवारका आफन्तका लागि मासिक दुई हजार रुपैयाँका दारले निर्वाह भत्ता दिईने छ । गणतन्त्र सेनानी पूर्वजनमुक्ती सेनालाई सम्मान र आजिवन स्वास्थ्य विमाको कार्यक्रम लागु गरिने छ,’ अध्यक्ष मोक्तानले भने ।

गोलन्जोर गाउँपालिकाले गाउँपालिकालाई कृषि तथा फलफुलमा आत्मनिर्भर बनाउने महत्वपूर्ण योजनाका साथ निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले  गोलन्जोर गाउँसभाको १५ औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ५७ करोड ४ लाख ११ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

यस्तै फिक्कल गाउँपालिकाले ६० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । फिक्कलले पनि कृषिलाई नै प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको उपाध्यक्ष राजु बरालले जनाए । जिल्लामा सबभन्दा कम बजेट घ्याङ्लेख गाउँपालिकाले सार्वजनिक गरेको छ । 

उक्त पालिकाले ४२ करोड ९० लाख ३ हजार ३ सय ६५ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको हो ।  यस पटक जिल्लाका सबै पालिकाहरुले तोकिएको समयमा नै नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.