पसल बन्द गरेर सुनचाँदी व्यवसायी आन्दोलित

पसल बन्द गरेर सुनचाँदी व्यवसायी आन्दोलित

काठमाडौं : सरकारले बजेटमार्फत सुनमा अव्यवहारिक भन्सार वृद्धि गरेको भन्दै सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरेर विरोध प्रदर्शन गरेका छन् । हाल सुनमा लगाइएको भन्सार वृद्धिको विरोध गर्दै संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले काठमाडौं न्युरोड क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन् । 

null

उनीहरूले प्रदर्शनका क्रममा पसल बन्द गर्दै विरोध जनाएका छन् । उनीहरुले अव्यवहारिक सुनको भन्सार वृद्धिका कारण उपभोक्तालाई महङ्गो पर्ने,कालीगढहरूलाई विस्थापीत गर्ने अवस्था निर्माण भएको जनाएका छन् । 

त्यस्तै भन्सार वृद्धिका साथै गहनामा बिलासिता कर लगाउने निर्णयको विरोध गर्दै शान्तिपूर्ण पदयात्रा गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले बताए । त्यस्तै सुनचाँदी व्यवसाय तथा कालिगढ मैत्री नीति निर्देशीका, ऐन तुरुन्त लागू गर्नुपर्ने माग पनि आफूहरुको रहेको उनले बताए।

null

त्यस्तै व्यवसायीहरूले सुनचाँदीमा आकर्षक विज्ञापन प्रकाशित गरी आम उपभोक्तामा भ्रम छर्ने,गहना व्यवसायीहरूलाई अन्योलमा पर्ने एवं व्यवसायी र कालीगढबीच द्वन्द्व सिर्जना गर्ने कार्य केही व्यवसायीहरूले गरेको भन्दै त्यसको समेत विरोध समेत गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.