बज्रयोगिनी माईको १२ वर्षे कलेबर फेर्ने कार्यको शुभारम्भ
काठमाडौं : काठमाडौंको साँखुस्थीत बज्रयोगिनी माईको १२ वर्षे कलेबर फेर्ने कार्यको बुधबारदेखि शुभारम्भ भएको छ । बज्रयोगिनी माईका मूलपूजारी लगाएतका पूजारीहरु तीनदिनसम्म चोखो बसेर पूजाआजा गरेपछि बुधबारबाट कलेबर फेर्ने कार्य शुभारम्भ भएको हो ।
कलेबर फेर्ने क्रममा बज्रयोगिनीको मन्दिर बन्द गर्ने र भाद्र १ गतदेखि भाद्र १० गतेसम्म सोहि स्थानमा रहेको पापमोचन घाटमा दाहसंस्कार गर्न नमिल्ने सक्व बज्राचार्य संघले जनाएको छ ।