लमजुङ पहिरो अपडेट

लमजुङको बगुम पहिरोमा बेपत्ता चारैजनाको शव भेटियो, दोर्दीमा एकको मृत्यु

लमजुङको बगुम पहिरोमा बेपत्ता चारैजनाको शव भेटियो, दोर्दीमा एकको मृत्यु
तस्बिर : अन्नपूर्ण

बेसीसहर : लमजुङको क्व्होलासोथार गाउँपालिका- ३, बगुममा मंगलबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका ४ जनाको शव भेटिएको छ । गएराति १ बजेतिर पहिरोले ३ वटा घर बगाउँदा २ घरका ४ जना बेपत्ता भएका थिए । स्थानीय, प्रहरी र जनप्रतिनिधि मिलेर खोजतलास गर्दा चारैजनाको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार पहिरोमा परेर ७० वर्षीय रुद्रमान गुरुङ,अर्को घरमा बस्ने रुद्रमानका बुहारी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू अन्दाजी ९ वर्षीया इच्छा र अन्दाजी ५ वर्षीया नम्रता गुरुङको शव फेला परेको छ ।  ३६ वर्षीय भीमबहादुर घले घाइते रहेको र उपचारका लागि सदरमुकाम बेंसीसहर पठाइएको उनले बताए ।

क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार आमा र २ छोरीको शव घरबाट करिब १५–२० मिटर तल र  हुमदेवी गुरुङको धन्सारको आडमा एकैठाउँमा फेला परेको थियो । रुद्रमानको शव भने आफ्नै आँगनको तल्लो कुनामा भेटिएको क्व्होलासोथार गाउँपालिका-३ का वडाअध्यक्ष आसविर गुरुङले जानकारी दिए ।

योसँगै लमजुङमा पहिरोबाट मर्नेको संख्या ५ पुगेको छ । दोर्दी गाउँपालिका ९, धैरेनी सुनारगाउँमा मंगलबार राति पहिरोले घर पुरिँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । उनका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएका छन् । २ दाजुभाइ सुतिरहेको अवस्थामा माथिबाट पहिरो घरमा खसेपछि दुवैजना घाइते भएका थिए । 

घाइते दुवैजनालाई उपचारका लागि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइकोमा अस्पताल ल्याइएकोमा विकललाई चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते मिलनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ लामागाउँमा बलबहादुर गुरूङ र युद्वजंग गुरूङको घर पहिरोले पुरेको छ । मानवीय क्षति नभएपनि अन्य उद्दारकार्य भइरहेको खुदी प्रहरी चौकीका प्रमुख प्रेमप्रसाद शर्माले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.