पर्यटन क्षेत्रको विकास गर्न सके मधेस प्रदेशको कायापलट हुन्छ : मुख्यमन्त्री सिंह

पर्यटन क्षेत्रको विकास गर्न सके मधेस प्रदेशको कायापलट हुन्छ : मुख्यमन्त्री सिंह

वीरगन्ज : मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहले पर्यटन क्षेत्रको विकास गर्न सके मधेस प्रदेशको कायापलट हुने बताएका छन्। त्यसका लागि प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा काम पनि थालिसकेको उनले बताए।

वीरगन्जमा बुधबार प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले आयोजना गरेको सरकोकारवालासंग अन्तरक्रिया एंव संवाद कार्यक्रममा मुख्यमन्त्री सिंहले भने,‘ मधेस प्रदेशको विकास र समृद्धिको मुख्य आधार पर्यटन पनि हो। यदि पर्यटन क्षेत्रको विकास गर्न सकियो भने यो प्रदेशको कायापलट गर्न सकिन्छ। यसका लागि निजी क्षेत्रलाई पनि सँगै लिएर प्रदेश सरकारले काम पनि थालिसकेको छ।’

प्रदेश सरकारको आगामी निती, कार्यक्रम तथा बजेटमा पर्यटकीय क्षेत्रका पूर्वाधार विकास र प्रचार प्रसारका लागि योजना र कार्यक्रमहरू समावेश गरिसकिएको जानकारी पनि उनले गराए।

मधेस प्रदेशमा पर्सा र बारा, रौतहट र सर्लाही, महोत्तरी र धनुषा तथा सिरहा र सप्तरीका पर्यटकीयस्थललाई जोडेर चार वटा पर्यटकीय सर्किट बनाउने काम भइरहेको उनले बताए। मधेस प्रदेशमा घुम्न आउने पर्यटकलाई कम्तिमा पनि तीन दिन बास बसाउन सक्ने गरी पर्यटन क्षेत्रमा प्रदेश सरकारले काम गरिरहेको जानकारी उनले गरााए। 

मुख्यमन्त्री सिंहले भने, ‘अहिलेको सरकार पहिलेको सरकारको जस्तो मोजमस्ती गर्नका लागि बनेको होइन। रातदिन काम गर्नका लागि बनेको हो। मधेस सरकारमाथि विगत ७ बर्षदेखि परेको नकरात्मक धारणालाई मेट्ने गरी अहिलेको सरकारले काम गरिरहेको छ।’

कार्यक्रममा प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समीर)ले विक्रम संवत २०८२ लाई मधेस प्रदेश सरकारले ‘भिजिट मधेस’ वर्षका रुपमा बनाउने घोषणा गरे। ‘भिजिट मधेस’को  नारा ‘घुमौं मधेस, बुझौं मधेस’ रहेको जानकारी पनि गरााए। उनले भने, ‘यसका लागि प्रदेश सरकारले अहिलेदेखि नै तयारी थालिलसकेको छ।’

प्रदेश सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि थुप्रै योजनाहरू समेटिएको जानकारीपनि उनले गराए। मधेस प्रदेशका ६५ वटा पर्यटकीय गन्तव्यको पहिचान गरी त्यहाँ पूर्वाधार विकासका लागि डिपिआर बनाउन आगामी नीति तथा कार्यक्रममा बजेटको व्यवस्थापन गरिसकिएको उनले बताए। 

मधेस प्रदेशको मुख्य पर्यटकीय गन्तव्यस्थल पर्साको ठोरीमा पर्यटन पूर्वाधार विकासका लागिपनि आगामी नीति तथा कार्यक्रममा बजेट विनियोजन गरिएको जानकारी पनि मन्त्री भट्टराईले गराए। 

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका मोहन शर्माले मधेसमा पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र पर्यटन बोर्डबिच सहकार्यको आवश्यकता रहेको औंल्याए। उनले मधेसमा रहेका ऐतिहासिक सम्पदा र पर्यटकीय स्थलहरूको उपयोग गर्न नसकिएको टिप्पणी पनि गरे।

मधेस प्रदेशको पर्सा राष्ट्रिय निकुञ्ज र बागमती प्रदेशको चितवन राष्ट्रिय निकुञ्जलाई जोडेर थप अर्को पर्यटकीय सर्किट बनाउन सके मधेसमा अझ पर्यटकको संख्या बढाउन सकिने धारणा उनले राखे। उनले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नभएसम्म मधेस प्रदेशमा बाह्य पर्यटकको संख्या बढाउन नसकिने तर्कपनि गरे। 

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव राजीव पोख्रेलले मधेस प्रदेशमा पर्यापर्यटन, धार्मिक र ऐतिहासिक पर्यटकीय गन्तव्यहरू प्रशस्त भएकाले यहाँ पर्यटनको प्रचुर सम्भावना रहेको बताए। उनले सबै मिलेर पर्यटन क्षेत्रको विकास गर्न सके छिमेकी मुलुक भाारतबाट मात्रै एक बर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने बताए। 

मन्त्री भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका पूर्व पर्यटन राज्यमन्त्री रहबर अन्सारी, प्रदेशसभा सदस्यहरु जनार्दन सिंह क्षेत्री र श्याम पटेल, मधेस विश्व विद्यालयका उपकुलपति डाक्टर दीपक शाक्य, जिजिट मधेसका अभियन्ता ओमप्रकाश सर्रााफ,मन्त्रालयका उपसचिव सुशील साहका साथै पर्सा, बारा र रौतहट जिल्लाका विभिन्न पालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक, पर्यटन विकास कार्यालयका प्रमुख, होटल तथा पर्यटन व्यवसायी, सञ्चारकर्मी लगायतको पनि सहभागीता थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.