मोरङमा खोला तर्नेक्रममा एकजना वेपत्ता

मोरङमा खोला तर्नेक्रममा एकजना वेपत्ता

विराटनगर : मोरङको रंगेली नगरपालिका–४ मा खोलाले बगाएर बुधबार बिहान एकजना बेपत्ता भएका छन् । घाँगी खोलाले बगाउँदा रंगेली–४ का ४५ वर्षीय नागेन मण्डल बेपत्ता भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । 

उनका अनुसार ४ जनाले एकैपटक खोला तर्न खोजेका थिए । तर्ने क्रममा नागेनलाई बिहान १०:४५ बजेतिर खोलाले बगाएको बस्नेतले बताए । अन्य ३ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ताको खोजी जारी राखिए पनि हालसम्म फेला पार्न सकिएको छैन । उद्धार सामग्रीसहित नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरीका ८ जनाको संयुक्त टोलीले स्थानीयको सहयोग लिएर नागेनको खोजी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.