पहिरोमा परी घाइते भएका बाबु-छोरीलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगियो
ओखलढुंगा : पहिरोले घर गोठ पुरिँदा घाइते भएका बाबु छोरीलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । चिशंखुगढी गाउँपालिका- ५ स्थित थुम्की बस्ने ३९ वर्षीय बाबुराम खत्री र उनकी छोरी मेनुका खत्रीलाई हेलिकोप्टरबाट उपचारका लागि टिचिङ हस्पिटल पठाइएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी जानकारी दिए ।
पहिरोले घर पुर्दा खत्रीकी श्रीमती ३५ वर्षीय देवकुमारी खत्रीको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले मृतकको शव घटनास्थबाट उद्धार गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाल जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
८