खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला

खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला

विराटनगर : मोरङको रंगेली नगरपालिका-४ मा खोलाले बगाएर बुधबार बिहान बेपत्ता भएका पुरुषको शव फेला परेको छ। 

घाँगी खोलाले बगाउँदा बेपत्ता भएका रंगेली-४ का ४५ वर्षीय नागेन मण्डललाई मृत अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार ४ जनाले एकैपटक खोला तर्न खोजेका थिए। तर्ने क्रममा नागेनलाई बिहान १०:४५ बजेतिर खोलाले बगाएको थियो। 

स्थानीयको सहयोग लिएर नेपाल र सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलबाट १५० मिटरजति तल शव फेला डीएसपी बस्नेतले बताए। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल लगेर इन्सपेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। नागेनसँगै रहेका अन्य ३ जना भने सकुशल छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.