लगानीसम्बन्धी विधेयकमा कांग्रेसले संशोधन दर्ता गर्ने, कानुन व्यवसायी र उद्योगीसँग परामर्श

लगानीसम्बन्धी विधेयकमा कांग्रेसले संशोधन दर्ता गर्ने, कानुन व्यवसायी र उद्योगीसँग परामर्श
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत बैठकबारे जानकारी गराउँदै।

काठमाडौं : नेपाली कांग्रेसले संसदमा विचाराधीन लगानी सहजीकरणसम्बन्धी विधेयकका विषयमा सरोकारवालासँग परामर्श गरेको छ।

बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेसले उक्त विधेयकमा सन्दर्भमा कानुन व्यवसायीका साथै उद्योगीहरूसँग परामर्श गरेको हो। परामर्शका आधारमा विधेयकमाथि कांग्रेसका सांसदहरूले आवश्यक संशोधन दर्ता गर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। 

उनले स्वदेशीका व्यवसायीका साथै बाह्य लगानीकर्तालाई सहजरूपमा लगानी गर्नका लागि आफू अर्थमन्त्री हुँदा नै लगानी सहजीकरणसम्बन्धी विधेयक अघि बढाइएको बताए। अहिले सदनमा प्रस्तुत भएको विधेयकलाई लगानीको वातावरण बनाउनका साथै दुरुपयोग हुन नदिने गरी अघि बढाउनका लागि सांसदहरू परामर्श गरिएको उनको भनाइ छ।

यसअघि मंगलबार बसेको प्रतिनिधिसभा बैठकले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको थियो भने उक्त विधेयकमाथि ७२ घण्टाभित्र संशोधन दर्ता गर्न सकिने व्यवस्था छ। सरकारले लगानी सम्मेलनअघि ल्याएको अध्यादेश प्रतिस्थापन गर्न अहिले लगानी सहजीकरणसम्बन्धी विधेयक ल्याएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.