मुस्ताङमा प्रहरी क्रियाशील छ

इजलास

मुस्ताङमा प्रहरी क्रियाशील छ
सांकेतिक तस्बिर

मुस्ताङ समग्र देशकै अपराध कम हुने जिल्ला मध्येको एक हो। त्यसैले यहाँ अपराधजन्य घटना ज्यादै नगन्य छ। मुस्ताङमा भित्रिने कामदार तथा पर्यटकबाट हुने संभावित अपराधका घटना र जोखिमप्रति  प्रहरी सचेत छ। 

हिमालपारिका नागरिक आफैंमा सम्भ र शालीन छन्। उनीहरू आफ्नो काममा व्यस्त हुने भएकाले अपराधजन्य घटना कम हुने गरेको हो। कठिन भूगोलमा यहाँको प्रहरी निकायले स्थानीय नागरिकलाई प्रवाह गर्ने विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको योगदानले समग्र शान्ति सुरक्षा र अपराध नियन्त्रण प्रभावकारी बन्न सकेको हो।

पछिल्लो समय मुस्ताङ प्रहरीले अपराध न्यूनीकरणका लागि साइबर अपराध, लागुऔषध, ट्राफिक सचेतना र सबै प्रकारका सामाजिक हिंसा न्यूनीकरण तथा रोकथामका लागि दिनहँुजसो सचेतनामूलक कार्यक्रम गरेको छ।

प्रहरी कार्यसम्पादन प्रभावकारी बनाउन  नागरिक र प्रहरीको सम्बन्ध घनिभूत तुल्याउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ। सीसी क्यामेरा जडान र ट्राफिक बिट निर्माणले प्रहरी मनोबल उच्च भएको छ।

मुस्ताङ प्रहरी विपद् जोखिम न्यूनीकरण तथा यसको प्रतिकार्यका लागि स्ट्यान्डबाई रहन्छ। जिप्रकामा २५ जना र इलाकामा १५ जनाको टोली मौजुद छ। केहीपरे विपद् व्यवस्थापन र उद्धार कार्यमा हामी तुरुन्तै पुग्न सक्छौं।

प्रहरीमा उजुरी दिने पीडित पक्षलाई आवश्यक सहजीकरण गर्ने गरिएको छ। सडक दुर्घटना र मादक पदार्थ बिक्री वितरणलाई व्यवस्थित र मर्यादित बनाएकै कारण सवारी दुर्घटना कम छ। विगत ५ महिनादेखि हामीकहाँ कुनै उजुरी र गुनासो परेको छैन। पर्यटक तथा कामदारको डेटुडे रेकर्ड राख्छौं। नागरिक, समुदाय  र जनप्रतिनिधिहरूको मन जित्न मुस्ताङ प्रहरी सफल भएको छ।

(पाण्डेय मुस्ताङका प्रहरी नायव उपरीक्षक हुन्।) 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.